• सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७८ बमोजिम सबै सरकारी निकायहरूको वेबसाइटहरू बीच एकरूपता कायम गर्न, सूचना प्रविधि विभागले एकीकृत वेवसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको हो।
  • यस प्रणालीको प्रयोगबाट सरकारी निकायले छुट्टाछुट्टै वेवसाइटहरुको विकास गर्न नपर्ने र सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति नभए पनि उपलब्ध जनशक्तिले वेबसाइट सिर्जना गर्न र कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी सहज रुपमा प्रकाशन गर्न सक्नेछन्।
  • यस प्रणालीको प्रयोग गरी सरकारी निकायहरूले एउटै टेम्प्लेटमा आधारित वेबसाइट सिर्जना गर्न सक्नेछन्।
  • यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटहरू अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न (FAQ), गुनासो व्यवस्थापन, स्वचालित सहायक (Chatbot) लगायतका विशेषताहरु समावेश गरिएका छन्।
  • सूचना प्रविधि विभागले निकायगत वेवसाइट व्यवस्थापन गर्नका लागि प्रणाली व्यवस्थापक (Admin User) सरकारी निकायलाई उपलब्ध गराउनेछ।सोही प्रयोगकर्ता मार्फत सम्बन्धित निकायले आफ्नो वेवसाइटमा मेनु र उप मेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र ब्यानर जस्ता मिडिया फाइलहरू व्यवस्थापन गर्न, कर्मचारीको विवरणहरू, संगठन संरचना लगायतका कार्यहरु गर्न सक्नेछन्।
  • माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माज्यूबाट एकीकृत वेवसाईट व्यवस्थापन प्रणाली शुभारम्भ । (२०७९/११/१६)