नागरिक एपबाट फाराम भर्दा Auto-fill सेवा प्रयोग गर्ने सम्बन्धमा।

नागरिक एपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीबाट प्राप्‍त भई Locally Store भएको प्रयोगकर्ताको वैयक्तिक विवरण निजको सहमतिमा अनलाइन आवेदन भर्दा Auto-fill गर्न सकिने सेवा  सूचना प्रविधि विभागले विस्तार गरेको व्यहोरा जानकारी गराइन्छ।

यस सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट "" वर्गको इजाजत प्राप्त इच्छुक बैंकहरूलाई आवश्यक प्राविधिक तयारी गरेर यस विभागसँग समझदारीपत्रमा हस्ताक्षर गरी सेवा आवद्ध गराउनु हुन यस विभागको मिति २०८३/०४/०१ को निर्णयानुसार अनुरोध गरिन्छ। थप जानकारी आवश्यक भएमा सूचना प्रविधि विभागमा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सूचना प्रविधि विभाग
बबरमहल, काठमाडौं