national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

केन्द्रिकृत एस एम एस गेटवे

सरकारी निकायहरुले न्युनतम शुल्कमा नागरिक तथा कर्मचारीसँग प्रभावकारी सञ्चार ( (विभिन्न कार्यक्रम सम्बन्धी सूचनाहरु, भुक्तानी तथा सन्देशहरुको जानकारी समयमा पठाउन तथा प्राप्त गर्न) का लागि निर्माण भएको एकीकृत एसएमएस गेटवे (SMS Gateway) मिति २०७८।०९।०७ मा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूबाट शुभारम्भ भएको हो।

यस प्रणालीमा विभिन्न दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु भिपिएन कनेक्टिभिटी र सर्भरको ब्यवस्थापन सबै सरकारी निकायले छुट्टाछुट्टै गर्नुको सट्टा यस विभागले मात्र गर्नेछ भने सरकारी निकायले प्रयोग गर्ने प्रति एस एम एस शुल्क समेत न्यूनतम कायम हुनेछ।

केन्द्रिकृत एस एम एस गेटवेको सेवा लिने प्रकृया सम्बन्धमा सम्बन्धित निकायको अनुरोध पत्रको आधारमा सम्झौताको प्रकृया अगाडि बढ्नेछ। यस सेवा सम्बन्धी थप जानकारीको लागि विभागमा सम्पर्क गर्नुहोला ।